गृह पृष्ट
Welcome To SIMAL / सिमलमा हार्दिक स्वागत छ
वि।सं।२०६४ साल देखि अविछिन्न रुपमा बचत,ऋण,आर्थिक,सुरक्षा तथा विप्रेषण लगायत अन्य सामाजिक सेवाहरुमार्फत सदस्यहरुको आर्थिक,सामाजिक,सांस्कृतिक स्तरोन्नती गर्न प्रयासरत सिमल साकोसको यस वेवसाईटमा यहांहरुलाई हार्दिक स्वागत गर्दछौं ।
संस्थाको आर्थिक तथा अन्य गतिविधिहरुको सूचना एवं जानकारीहरु सदस्यसमक्ष प्रविधिको प्रयोग मार्फत समयसापेक्ष सरल र सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ विकास गरिएको यस वेवसाईटमा यहांहरुबाट रचनात्मक सल्लाह तथा सुझावहरु प्राप्त हुने अपेक्षा गर्दै संस्थागत विकासमा ऐस्यवद्धता प्रकट गरिदिनुहुन सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद ।
वि।सं।२०६४ साल देखि अविछिन्न रुपमा बचत,ऋण,आर्थिक,सुरक्षा तथा विप्रेषण लगायत अन्य सामाजिक सेवाहरुमार्फत सदस्यहरुको आर्थिक,सामाजिक,सांस्कृतिक स्तरोन्नती गर्न प्रयासरत सिमल साकोसको यस वेवसाईटमा यहांहरुलाई हार्दिक स्वागत गर्दछौं । संस्थाको आर्थिक तथा अन्य गतिविधिहरुको सूचना एवं जानकारीहरु सदस्यसमक्ष प्रविधिको प्रयोग मार्फत समयसापेक्ष सरल र सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ विकास गरिएको यस वेवसाईटमा यहांहरुबाट रचनात्मक सल्लाह तथा सुझावहरु प्राप्त हुने अपेक्षा गर्दै संस्थागत विकासमा ऐस्यवद्धता प्रकट गरिदिनुहुन सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद ।
बचत सेवा
सदस्यहरुका बिचमा छरिएर रहेको स–साना पूँजीलाई एकत्रित गरी जम्मा भएको पूँजी सदस्यहरुको आर्थिक, सामाजिक,साँस्कृतिक तथा प्राकृतिक विकासमा सघाउ पुर्याउन तथा तरलताको स्थिति मजबुत पार्न संस्थाले सदस्यहरुको लागि विभिन्न प्रकारका बचत योजनाहरु ल्याएको छ । उक्त वचत योजनाहरुमा सदस्यहरुले आफ्नो आवश्यक्ता र भविस्यको योजना अनुसार वचत गर्न सक्नेछन् । बिस्तृत जानकारीको लागि उत्पादन तथा सेवामा गई अध्ययन गर्न सक्नुहुने छ ।
ऋण सेवा
सदस्यहरुबाट शेयर, वचतका रुपमा संकलित रकमलाई यस संस्थाले सदस्यहरुकै वित्तिय आवस्यक्ता परिपुर्ति गर्न ऋणको रुपमा सदस्यहरुलाई नै परिचालन गर्ने गरेकोछ । सदस्यका आवश्यक्ता अनुसार सम्पति खरिद गर्न, व्यवसाय संचालन गर्न, शैक्षिक आवश्यक्ता, सामाजिक आवश्यक्ताहरुको परिपुर्ति गर्न लगाएत धेरै कार्यहरु गर्न यस संस्थाबाट सदस्यले ऋण लिन सक्ने व्यवस्था गरिएको छ । ऋण सम्बन्धी विस्तृत जानकारी लिन उत्पादन तथा सेवामा गई थप अध्ययन गर्न सक्नुहुने छ ।
रेमिट सेवा
विप्रेषणको माध्यमबाट देशलाई प्राप्त हुने व्यवसायिक लाभलाई थप योगदान पुर्याउन संस्था पनि एउटा माध्यमहुने र आय आर्जनमा समेत थप टेवा पुग्ने देखिएकोले विश्वका मुलुकहरुबाट नेपाल भित्रने विप्रेषण सेवा तथा नेपालको कुनै एक ठाँउबाट
अध्यक्षको मन्तव्य
सिमल साकोस सहकारीको सिद्धान्त र मुल्यमान्यता अनुरुप समुदायमा आधारित भई संचालनमा रहेको सहकारी संस्था हो । वि।संं। २०६४ साल कार्तिक २७ गते डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता भई शुरुवात भएको यस संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै आफ्नो संस्थाको १५ वर्ष पार गरिसकेको छ । यस संस्था तत्कालिन अवस्थामा नियमित बचतका माध्यमबाट समुदायमा छरिएर रहेको पूंजीलाई संकलन गरी सदस्यहरुको वित्तिय आवश्यकता पूरा गर्न सहयोग गर्ने उद्देश्यका साथ शुरुवात भएको थियो । सहकारी ऐन, नियमावली, मापदण्डको दायराभित्र रही समय सापेक्ष नविनतम् सोच र कार्यशैलीलाई अंगिकार गर्दै संस्था सवल र सुरक्षित व्यवसायिक संस्थाको रुपमा स्थापित हुन सफल भएको छ । संस्थाले वित्तीय सेवाको साथसाथै विविध सामाजिक क्रियाकलाप र सेवाहरु प्रदान गर्दै सदस्यमाझ मात्र नभएर मुलुककै सहकारी अभियानको लागि पाठशालाको रुपमा समेत पहिचान बनाउन सक्षम भएको हामिले महशुस गरेका छौं । संस्थाको सेवा सुविधालाई अझै परिस्कृत र प्रविधिमैत्री, सरल, सहज, उपलब्धीपूर्ण बनाउनेतर्फ आगामी दिनहरुमा हाम्रो अथक प्रयास रहनेछ । सदस्य र समुदायको हितका लागि हामीलाई प्राप्त सल्लाह, सुझावलाई कार्यान्वयनको लागि सदा अग्रसर रहने समेत विश्वास दिलाउन चाहन्छौं ।
“सम्पूर्ण वित्तिय सामाधान सहितको उत्कृष्ट प्रतिस्पर्धी सहकारी संस्था” को रुपमा स्थापित गर्ने संस्थाको परिकल्पना पूरा गर्न प्रत्यक्ष एवम् परोक्ष रुपमा निरन्तर सहयोग र सहकार्य गर्नुहुने सम्पूर्ण आदरणीय सदस्यज्यूहरु, सल्लाहकार ज्यूहरु, विभिन्न समितितिमा रहेर काम गर्नुहुने सहकर्मी साथिहरु र कर्मचारीहरु एवं स्थानिय संघ संस्थाहरु, जिल्लास्थित संघहरु, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कून०, राष्ट्रिय सहकारी बैंक लि।, लगायत नियामक निकायहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं । साथै निरन्तर सहयोग र सद्भावको लागि समेत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार प्रकट गर्दछौं । निरन्तर सहायोग र सुझावको अपेक्षा गर्दछौं ।
अध्यक्ष
पुष्कर देउजा
व्यवस्थापकको प्रतिवद्धता
एकका लागी सबै र सबैका लागी एक भन्ने मुलमंत्रलाई आत्मसाथ गर्दै प्रत्यक व्यक्तिको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्न सहकारीमात्र एक मात्र बिकल्प हो भन्ने बुझेर २०६४ सालमा यस सहकारी संस्थाको स्थापना भएको हो । संस्थाको स्थापना भए देखिनै निरन्तर रुपमा संस्थामा आवद्ध भएका सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।
यस संस्थाले सदस्यहरुलाई वचत गर्न सिकाउँदै सदस्यले गरेको बचत सदस्यहरु मार्फत सदस्यहरुकै आय आर्जन बढाउने कार्यमा परिचालन गर्दै आएको छ । संस्थामा आवद्ध सदस्यहरुलाई सिप विकासमा जोड दिँदै दक्ष जनशक्ति तयार गर्न योगदान गरिरहेको छ । सदस्यहरुलाई उत्पादनमुलक व्यवसायमा लाग्न प्रेरित गर्दै वस्तुको उत्पादन, प्रशोधन र बजारीकरणमा संस्थाले प्रत्यक्षरुपमा सहयोग गर्दै आएको छ । यसबाट सदस्यहरुको विचमा रोजगारको वाताबरण तयार हुँदै गएको छ । सदस्यहरु विस्तारै समृद्धिको मार्गमा अघि बढिरहेका छन् । सदस्यहरु आत्मनिर्भर बन्दै गएकाछन् ।
समुदायमा आधारित सम्पूर्ण वित्तिय समाधान सहितको उत्कृष्ट सहकारी भएको अवस्था भएको परिकल्पना को साथ मैले यस संस्थाको नेतृत्व गर्दै गर्दा संस्थालाई दक्ष जनशक्तिका साथ प्रविधियुक्त संस्थाको रुपमा विकास गर्दै लैजाने क्रममा छौं । सहकारी संस्थामा सदस्यहरुको आवश्यक्तालाई मध्यनजर गर्दै अनेकौं सेवा सुविधाहरुको विकास गरी कायान्वनयमा ल्याएका छौं । भक्तपुरको पूर्वी भेगको सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित सिमल्टारमा आफ्नै भवन निमार्ण गरी सोही भवनबाट वित्तिय सेवा प्रदान गर्दै आएका छौ । संस्थाको स्थायित्व, सुरक्षा र दिगो विकासको आधार समयानुकुलको नीति हो भन्ने कुरालाई स्थापीत गरेका छौं ।
२०६४ साल देखी हाल सम्म संस्थाको बृद्धि विकासमा रचनात्मक तथा सकरात्मक भुमिका निवार्ह गरी संस्थालाई हालको उचाईमा पुर्याउन महत्वपुर्ण योगदान पुर्याउनुहुने सवैमा हार्दिक आभार व्यक्त गर्दै सहकारीका माध्यमबाट दिगो विकास र आत्मस्वाभिमान सहितको आत्मनिर्भर समाज निमार्णमा निरन्तर सहयोगको अपेक्षा गर्दछु ।
संस्थालाई पहिलो रोजाईको संस्था बनाउने प्रयासस्वरुप सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकतामा राख्दै सोही अनुरुप व्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको छ । अझै प्रभावकारी व्यवस्थापनको लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरीदिनुहुन अनुरोध छ । संस्था संचालन प्रक्रियालाई जिवन्त रुप दिन संस्थामा कार्य गर्ने सिंगो व्यवस्थापनको क्षमता चुस्त,दुरुस्त, पारदर्शि, लगनशिल र सिकेका सिपहरुको कार्यान्वयनमा ध्यान दिई उत्पादकत्व वृद्धि गर्न सक्षम हुनुपर्दछ । आजको यो प्रतिस्पर्धात्मक र उत्कृष्टताको समयमा संस्थाको फराकिलो सोचलाई पूरा गर्नको लागि निश्चित रुपमा सिमल सोकोसको व्यवस्थापन निक्कै नै सक्षम, गतिशिल, प्रभावकारी र आधुनिक हुन जरुरी छ भन्ने कुरामा सचेत रहंदै हामि सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन प्रतिवद्ध छौं ।
मोतिराम खाताखो
व्यवस्थापक